१०० बिद्यार्थीलाई आकांक्षा ‘आईएमई ग्लोबल आईएमई’ छात्रवृत्ति




काठमाडौं । ग्लोबल बैंक र आईएमई रेमिट्यान्सले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति योजनामा सहभागि मध्येबाट बिद्यार्थी छनोट गरेको छ ।

आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” १०० जना बिद्यार्थीले प्राप्त गरेका छन् ।

छात्रवृति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई तथा ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर छात्रवृति प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा छात्रवृति समितिका सह–संयोजक डेनियल डि श्रेष्ठ, हिसान उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, प्याब्सन अध्यक्ष विजय सम्बाहम्फे, आईएमई तथा ग्लोबल आईएमई बैंकका सीईओद्वय सुमन पोखरेल र अनिल ज्ञवालीले आकाँक्षा छात्रवृति योजनाको विषयमा प्रकाश पारेका थिए ।

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्यालयमा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विद्यार्थीबाट प्राप्त भएका सदर आवेदनका आधारमा एक शैक्षिक सत्रको लागिछात्रवृत्ति प्रदान गरिएको हो ।

२०७३ साल कार्तिक ३ देखि मंसिर १५ सम्म आवेदन आह्वान गरिएको थियो ।


क्लिकमान्डु