बैंक खाता खोलेर मात्र बैदेशिक रोजगारीमा जान पाइने



काठमाडौं । बैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ । जाने तयारीमा वा जान लाग्नु भएको छ भने अनिवार्य रुपमा बैंक खाता खोल्नुहोला ।

सरकारले सोमबार ल्याएको आर्थिक वर्ष २०७४÷७५ को बजेटमा बैदेशिक रोजगारीमा जानुभन्दा अगाडि अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था लागु गर्ने घोषणा गरेको छ ।

विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक माध्यमबाट ल्याउनको लागि सरकारले अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको हो ।

सरकारले बैदेशिक रोजगारीमा जाने व्यक्तिकै खातामा पैसा पठाउने व्यवस्था मिलाउने जनाएको छ । यस्तै बैदेशिक रोजगारीमा गएका व्यक्तिले कमाएको रकम स्वेछिक रुपमा रेमिट हाइड्रोमा लगानी गर्ने व्यवस्था मिलाएको छ ।


क्लिकमान्डु