चाँगुनारायण नगरपालिकामा एमाले ठुलो अग्रतातर्फ, यस्तो छ पछिल्लो मतपरिणाम




भक्तपुर । चाँगुनारायण नगरपालिकाको पछिल्लो मतपरिणा अनुसार नेकपा एमालेका उमेद्वार ११ सय मतले अगाडी रहेका छन् ।

चाँगुनारायण नगरपालिकामा एमालेका मेयर उम्मेदवार सोम मिश्रले ७ हजार ४६४ मत ल्याएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार राजाराम खड्काले ६ हजार ३९७ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेका विना बास्तोलाले ७ हजार ८३६ मत प्राप्त गरी अग्रता लिएकी छिन् । काँग्रेसका सरु बाँनियाले ६ हजार ९६५ मत सहित पछ्याउइ रहेकी छिन् ।

राप्रपाका तर्फबाट मेयरका उम्मेदवार रवीन्द्रप्रताप शाहले ४ हजार ९८१ मत ल्याएका छन् भने, नेमकिपाका उम्मेदवार न्हुछे फोजूले ३ हजार ४८९ मत ल्याएका छन् ।

वडा नं ८ मा नेकपा एमालेको टिम बिजयी भएको छ ।


क्लिकमान्डु