रेललाई ४ अर्ब र फास्ट ट्रयाकलाई १० अर्ब प्रचण्ड सरकारको बजेट



काठमाडौं । राष्ट्रिय गौरवका आयोजना लागि सरकारले बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि श्रोतको अभाव नहुने गरि बजेट विनियोजन गरिएको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

जेष्ठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । द्रुतमार्ग १ खर्ब १२ अर्ब लागतमा ४ वर्षमा नेपाली सेनाले निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।

निजगढ, पोखरा र गौतम वृद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

हुलाकी राजमार्ग निर्माणका लागि ४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । उत्तर–दक्षिण लोक मार्गलाई २ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मध्य–पहाडी राजमार्ग ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । रेलमार्गका लागि ४ अर्ब २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


पुष्प दुलाल