महानगरपालिकालाई डेढ अर्ब रुपैयाँ अनुदान




काठमाडौं । सरकारले एउटा महानगरपालिकालाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ । आगामी आर्थिक बर्षको लागि विनियजन गरिएको बजेटमा महानगरको लागि सो परिमाणको अनुदान तय गरिएको हो ।

अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार स्थानीय तहलाई दिइने अनुदान अहिले एकमुष्ठ रुपमा राखिने र पछि राष्ट्रिय योजना आयोगसँगको समन्वयमा प्रत्येक स्थानीय तहले पाउने बजेट तय गरिनेछ । अहिले देशभरमा ४ महानगर छन् ।

सरकारले थप दुई स्थान बिरगंज र विराटनगरलाई महानगर बनाउने निर्णय गरेपनि सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको छ ।


क्लिकमान्डु