बस दुर्घटनामा एकको मृत्यु, दुई दर्जन घाइते



लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै २ दर्जन यात्रु घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नम्बरको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नम्बरको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नम्बरको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत २ दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ । रासस


पुष्प दुलाल