राष्ट्रपतिलाई आगामी आर्थिक वर्षको बजेट बारे ब्रिफिङ



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ को वार्षिक बजेटको बारेमा राष्ट्रपतिले जानकारी गराएको छ । उप प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/०७५ को बजेटको बारेमा राष्ट्रपतिलाई आज जानकारी गराएका हुन् ।

यसका साथै महराले बजेटको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि बजेटको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदी, राजस्व सचिव राजन खनाल र बजेट महाशाखा प्रमुख मधु मरासिनी पनि सहभागी रहेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट सोमबार जेठ १५ गते व्यवस्थापिका संसद नयाँ बानेश्वरमा प्रस्तुत गर्दैछ ।


क्लिकमान्डु