शिखर सुजको क्रेजी सेल मेला सुरु, ८५ प्रतिशतसम्म छुट




काठमाडौं । शिखर सुजको ‘क्रेजी सेल’ सुज मेला आइतबारबाट काठमाडौंको भृकृटीमण्डपमा सुरु भएको छ । मेलामा १५ प्रतिशतदेखि ८५ प्रतिशतसम्म छुटमा जुत्ता बिक्री गरिने आयोजकले बताएका छन् ।

यो योजना शिखर सुजका आधिकारीक सोरुमा पनि लागु हुनेछ । मेलामा एक सय रुपैयाँ मुल्यदेखि माथिका जुत्ता चप्पल उपलब्ध छन् । मेलामा विशेष गरी गर्मियामका लागि उपयक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछ । मेलामा सबै उमेर समुहका महिला तथा पुरुषलाई उपयुक्त हुने जुत्ता तथा चप्पल उपलब्ध हुनेछन् ।

यो मेला स्टक रहुन्जेलसम्म सञ्चालन हुनेछ । मेलामा नयाँ डिजाईनका जुत्ता तथा चप्पल समेत विक्रि गरिनेछ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले मेलाकोे उद्घाटन गर्दै जुत्ता उद्योगलाई सरकारको तर्फबाट आवश्यक सहयोग हुने बताए ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले ३ देखि ५ वर्ष भित्रमा नेपाल जुत्तामा आत्मनिर्भर हुने बताए ।

‘कच्चा पर्दाथको भन्सार दर महँगो छ, सरकारले भन्सारमा १५ प्रतिशतसम्म छुट दिएमा ३ देखि ५ वर्ष भित्रमा नेपाल जुत्तामा आत्मनिर्भर हुनेछ,’ प्रसाइले भने ।

प्रसाईका अनुसार हाल नेपालमा ४ करोड जुत्ता बार्षिक आयात हुने गरेको छ । ४ करोड जत्ता आयात हुँदा २ अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।

आम उपभोक्तालाई सर्वसुलभ मुल्यमा गुणस्तरीय उत्पादन सहज ढङ्गले खरिद गर्ने अवसर मिलोस् भन्ने उद्धेश्यका साथ मेला आयोजना गरिएको आयोजकले जानकारी दिए ।


पुष्प दुलाल