सेवा विकास बैंकमा अफिसर र जुनियर अफिसरको जागिर खुल्यो



काठमाडौं । सेवा विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले केहि संख्यामा अफिसर र जुनियर अफिसरका लागि आवेदन माग गरेको हो ।
बैंकले अफिसर पदका लागि स्नातकोत्तर उर्णीण, ५ वर्षको ब्याकिङ अनुभवका साथ एक वर्ष जुनियर अफिसर भई काम गरेको लागि प्राथमिकता दिने जानकारी दिएको छ ।

जुनियर अफिसर पदका लागि स्नातकोत्तर उर्णीण, ४ वर्षको ब्याकिङ अनुभवका साथ एक वर्ष सिनियर एसिस्टेन्ट भई काम गरेको लागि प्राथमिकता दिने जानकारी दिएको छ ।

अफिसर र जुनियर अफिसर पदका लागि इच्छुक आवदेक एमएस अफिस एप्लिकेसन र नेपाली र अंग्रेजी भाषामा दक्ष हुनु पर्नेछ । साथै, आवेदकको उमेर २१ वर्ष पुरा भएर ४५ वर्ष नाघेको हुनुहुन्न ।

आवेदकले जेष्ठ २८ गतेभित्रमा आवेदन फारम बुझाइ सक्नु पर्नेछ । अवेदकले सेवा विकास बैंकको केन्द्रिय कार्यालय बुटवल ८, रुपन्देहीमा बुझाउन सक्ने छन् ।


पुष्प दुलाल