सबै दलको बिजयी संख्या, एमालेबाट बिजयी महिला जतिपनी छैन: केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले अन्यपाटीका सबै बिजयी जनप्रतिनिधी जोड्ने हो भनेपनि एमालेका महिला प्रतिनिधी जतिसम्म नपुग्ने बताएका छन् ।

पोखरामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले देश एमालेमय भएको बताएका हुन् ।

एमालेको मेहेनतले मात्र निर्वाचन संभब भएको बताएउँदै तराइमा एमालेलाई भोट हाल्न आतुर रहेको बताएका छन् ।

बिगतमा कसैले आतंक मच्चाए कसैले केही काम गरेनन् । हाम्रा कारणमात्र देशमा स्थानिय निर्वाचन भएको भन्दै एमालेको बिकल्प अरुपाटी हुन नसक्ने बताए ।

उनले एमाले कसैको निगाहमा सरकारमा नजाने बताउँदै जनताको बलबाट सरकारमा जाने समेत बताए ।

एमालेलाई कमजोर बनाउँन सरकारवादी दलहरु लागेपनि त्यो कुनै हालतमा पुरा नहुने उनले दाबी गरे ।


क्लिकमान्डु