सहमतिको सरकार बनाउन राष्ट्रपतिद्धारा आव्हान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सहमतिको सरकार बनाउन आव्हान गरेकी छन् । संविधानको धारा २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र सहमतिको सरकार बनाउन आज आव्हान गरेकी हुन् ।

संविधानमा सहमतिको सरकार बनाउनुपर्ने यसअघिको व्यवस्थाअनुसार राष्ट्रपतिले दलहरुलाई सात दिनको समय दिएकी हुन् ।

दलहरुबिच सहमतिको सरकार बन्ने संभावना न्यून रहेको छ । सहमतिको सरकार नबनेपछि राष्ट्रपतिले व्यवस्थापिका संसदलाई बहुमतको प्रधानमन्त्री चुन्न पत्र पठाउनुपर्दछ ।

अबको १० दिन भित्रमा देशले नयाँ प्रधानमन्त्री पाउने पक्का भएको छ ।


क्लिकमान्डु