प्रधानमन्त्री दाहालको राजिनामा राष्ट्रपतिबाट स्वीकृत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । प्रधानमन्त्रीले बुधवार देशबासीको नाममा सार्वजनिक सम्बोधन गर्दै राजिनामा दिएका थिए ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री दाहालले दिएको राजिनामा राष्ट्रपतिबाट आजै स्वीकृत भएको हो । राष्ट्रपतिले नयाँ सरकार गठन सहमतिमा गर्न अब आह्वान गर्नेछिन् । सहमतिमा सरकार गठन हुने सम्भावना नरहेको हुँदा त्यसपछि व्यवस्थापिका संसद्ले प्रधानमन्त्रीको निर्वाचन गर्ने छ । माओवादी र कांग्रेसबीच भएको भद्र सहमति अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।


क्लिकमान्डु