प्रधानमन्त्री दाहालद्धारा राजीनामा घोषणा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएका छन् । संसदमा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका प्रधानमन्त्रीको चाहना पुरा हुन नसकेपछि प्रधानमन्त्री कार्यलयबाटै देशबासीको नाममा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

उनले देशबासीलाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाएका थिए ।

उर्जा संकटको निवारण, स्थानिय निर्वाचन, स्वास्थ्य क्षेत्रमा गरेका काम लगायत बिषयलाई उनले आफ्नो सम्बोधनमा समेटेका थिए ।

नेपालले अपनाएको अबेग पूर्ण परराष्ट्र नीतिमा आफ्नो सरकारले परिमार्जन गरि सबै मित्रराष्ट्र संगको सम्बन्ध सुधार गरेको उनले दाबी गरे ।

चीनले ल्याएको ‘वान बेल्ट वान रोड’मा सरकारले गरेको समझौता हाम्रो विकासमा कोशेढुङ् हुने उनको दाबी छ ।

सत्ता छाड्दा आत्तिने, आबेशमा आउने परिपाटी तोड्दै सत्ता साझेदार दलसँगको सम्झौता अनुरुप आफुले राजिनामा दिएको उनको भनाइ थियो ।


क्लिकमान्डु