नेप्सेमा ३ अंकको वृद्धि, आरएसडिसि लघुवित्त र हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशतले कमाए



काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) ३.०७ अंकले बढेर १६२९.५८ अंकमा बन्द भएको छ । लगातार ५ दिन घटेको नेप्से हिजो भने दोहोरो अंकले बढेको थियो ।

बुधबार १ सय ४८ कम्पनीको १३ लाख ६६ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ६९ करोड ४४ लाख रुपैंयाँ रहेको छ ।

उपसूचकहरुमा होटल १५.१ अंकले घटेको छ भने अन्य सबै उपसूचकहरु घटेका छन् । बैंकिङ २.४१, बिकास बैंक ४.२३, जलबिद्युत ४.०९, बित्त १.५, बीमा २०.७३, उत्पादन ७.०७ र अन्य २.६ अंकले बढेका छन् ।

ललितपुर फाइनान्सको प्रमोटरको सेयरको सबैभन्दा बढि ५ करोड २८ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी सिद्धार्थ बैंकको ४ करोड ८५ लाख, हिमालयन जनरल इन्स्योरेन्सको ४ करोड ३ लाख, स्ट्यान्र्डड चार्टड बैंकको ३ करोड ३७ लाख रुपैंयाँको करोबार भएको छ ।

बुधबार आरएसडिसि लघुबित्त र हिमालयन डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा बढि १० प्रतिशतले कमाएका छन् भने बरुण हाइड्रो, अरुण हाइड्रो र श्री इन्भेष्टमेन्टका लगानीकर्ताले ५ प्रतिशत देखि ६ प्रतिशतसम्म गुमाएका छन् ।


पुष्प दुलाल