भोटो देखाउने हुँदा भोली काठमाडौंमा सार्वजनिक बिदा



काठमाडौं । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने भएको हुँदा भोली बिहीवार काठमाडौंमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सरकारले भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । यो पटक भोटो देखाउने साइत भोली परेको हुँदा सार्वजनिक बिदा भएको गृहमन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु