विदेशबाट पठाएको रेमिटेन्स २ लाखभन्दा माथि भए नगद लिन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट पठाएको रेमिटेन्स बैंक मार्फत लिदा २ लाखभन्दा माथि भए नगदमा लिन नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले निर्देशिका जारी गर्दै १ लाखभन्दा माथिको रकम नगदमा लिन नपाइने व्यवस्थालाई संसोधन गर्दै २ लाखभन्दा माथिको रकम मात्र नगदमा लिन नपाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले २०७१ सालमा बैंकबाट लिने रेमिटेन्सको नगदमा सिमा तोकेको थियो । तर,यसले अनौपचारिक कारोबारलाई प्रश्रय दिएको भन्दै राष्ट्र बैंकले पुरानो नीतिलाई परिवर्तन गर्दै नगद निकाल्न पाउने सिमा २ लाख बनाएको हो ।

चैत मसान्तसम्म विदेशमा बस्ने नेपालीले औपचारिक माध्यमबाट ५ खर्ब ११ अर्ब रुपैयाँको आएको छ ।


क्लिकमान्डु