नयाँ जीबन बीमा कम्पनीको जागिरको अबसर, सिटिजनले एकैचोटी माग्यो ९९ कर्मचारी




काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले म्यानेजरदेखि अफिसर, ट्रेनी एसिसटेन्टसम्मको पदका लागि आवेदन माग गरेको हो ।

इन्स्योरेन्सले म्यानेजर ६, एक्चुरी१, लिगल अफिसर/कम्प्लाइन्स अफिसर २, म्यानेजमेन्ट ट्रेनी ३० र अफिसर ट्रेनी एसिसटेन्ट ७० जना गरी कुल ९९ आवेदन माग गरेको जानकारी दिएको छ ।

म्यानेजर पदका लागि इन्स्योरेन्सले स्नातकोत्तर वा न्युनतम स्नातक उतिर्ण र ५ वर्ष कुनै बैंकिङ वा बीमा कम्पनीमा अनुभव भएकालाई प्राथमिकता दिने जानकारी दिएको छ ।

एक्चुरी पदका लागि योग्य एकुटरी माग गरेको छ ।

लिगल अफिसर/कम्प्लाइन्स अफिसरका लागि सम्बन्धीत विषयमा स्नातक उतिर्ण र सम्बन्धीत विषयमा अनुभवीलाई प्राथमिकता दिइने छ ।

अन्य पदका लागि न्युनतम स्नातर उतिर्ण र अनुभबीलाई प्राथमिकतामा राखिने जानकारी दिएको छ ।

आवेदकले असार १४ गतेभित्रमा आवदेन पेस गर्नु पर्ने हुन्छ । आवेदकले इन्स्योरेन्सको इमेल [email protected] वा पिओबि १०६९२ बाट आवेदन पेस गर्न सक्ने छन् ।

अर्थमन्त्रालयको सहमतिमा बीमा समितिले १० वटा जीबन बीमा कम्पनीको लाइसेन्स दिइसकेको छ । समितिबाट हालै लाइसेन्स पाएको सिटिजनले कर्मचारी भर्ना गरेर काम अगाडि बढाउने तयारी थालेको हो । कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ ।


क्लिकमान्डु