एनबी बैंक र सिद्धार्थ बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन



काठमाडौं । नेपाल बंगलादेश बैंक, नेपाल बैंक र सिद्धार्थ बिकास बैंकले क्रमशः ८०, २३.७४ र ६० प्रतिशत हकप्रदका लागि आज (जेठ १०) देखि बन्द हुने भएको छ ।

यी बैंकका लगानीकर्ताले हकप्रद सुरक्षित गर्न आज कार्यालय समय अगावै हकप्रदमा आवेदन दिनु पर्नेछ । सबै कम्पनीका साविक सेयरधनीका अलावा बुकक्लोज मिति भन्दा अघि सेयर किनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन पाउँनेछन् ।

हकप्रद बिक्रि गत बैशाख ७ गते देखि शुरु भएको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ८२ करोड ७६ लाख रुपैंयाँ खुद नाफा कमाएको बंगलादेश बैंकको चुक्ता पूँजी हकप्रद पश्चात हालको ४ अर्बबाट ७ अर्ब २२ करोड रुपैंयाँ पुग्नेछ ।

यसैगरी चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ५१ करोड रुपैंयाँ खुद नाफा कमाएको नेपाल बैंकको चुक्ता पूँजी हकप्रद पश्चात ८ अर्ब रुपैंयाँ नाघ्नेछ ।

जनता बैंकसँग प्राप्तीेको प्रक्रियामा रहेको सिद्धार्थ बिकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २८ करोड ८३ लाख रुपैंयाँ खुद नाफा कमाएको छ ।

हकप्रद पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २७ करोड पुग्नेछ । सिद्धार्थसँँग प्राप्तीमा जाने निर्णय पश्चात जनता बैंकले साधारण सभाबाट पारित भैसकेको ६० प्रतिशत हकप्रद समेत रद्द गरेको थियो ।


पुष्प दुलाल