दुई हजार मेगावाट क्षमताका चार आयोजनाको अध्ययन गर्दै विद्युत उत्पादक कम्पनी



काठमाडौं । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले दुई हजार मेगावाट विद्युत उत्पादन क्षमताका चार जलविद्युत आयोजना अध्ययन गर्न लागेको छ ।

६ सय २७ मेगावाटको तल्लो अरुण, ६ सय १७ मेगावाटको भेरी-१ , ३ सय ७ मेगावाटको जगदुल्ला र ४ सय ५० मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजनाको अध्ययन गर्न लागेको हो ।

यी आयोजनाहरुको अध्ययन २०७४ जेठमा सुरु गरेर २०७६ बैशाखमा अध्ययन पूरा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले अध्ययन अनुमतिका लागि यसैसाता विद्युत विकास विभागमा आवेदन दिएको विभागका महाप्रबन्धक नविनराज सिंहले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘अरु आयोजनाहरुको प्रक्रिया जे हो, यो कम्पनीले अनुमति मागेका आयोजनाहरुको पनि पक्रिया त्यही हो,’ सिंहले भने ।

सरकारले कम्पनी स्थापना गरेपछि बास्केटमा रहेको आयोजनाहरुको निर्माणलाई खुकुलो केही बनाएर अनुमति दिन लागेको हो ।


पुष्प दुलाल