उच्च अंकको आर्थिक बृद्धिको लागि विश्व बैंकले नेपाललाई दियो चार सुझाव



काठमाडौं । नेपाललाई सहयोग गर्दै आएको बहुपक्षिय दातृ निकाय विश्व बैंकले उच्च अंकको आर्थिक बृद्धिको लागि नीतिगत सुधारमा जोड दिन सुझाव दिएको छ ।

विश्व बैंकले मध्य आय भएको मुलुकमा नेपाल पुग्नको लागि चाहिने विषयको रिपोर्ट सार्वजनिक गर्दै उच्च आर्थिक बृद्धिको लागि मुख्य रुपमा चारवटा सुझाव दिएको छ ।
विश्व बैंकले नीतिगत असहजतालाई सहज बनाउनको लागि पहिलो काम गर्नुपर्ने सुझाव दिएको छ । सार्वजनिक क्षेत्रमा भएको न्यून लगानीसँगै विश्व बैंकले सार्वजनिक यातायात,टेलिकम क्षेत्रमा लगात घटाउनुपर्ने बताएको छ ।

यस्तै नयाँ लगानीको नयाँ क्षेत्र पहिचान गर्नुपर्ने,कृषि क्षेत्रको सुधार तथा जनतामा लगानी गर्नुपर्ने सुझाव विश्व बैंकले दिएको छ ।

सन् २०३० मा नेपालले मध्य आय भएको देश बन्ने लक्ष्य राखेको छ । प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका बरिष्ठ अर्थशास्त्री ड्यामिर कोसिकले आर्थिक बृद्धिदरको सार्वजनिक क्षेत्रमा लगानी बढाउनुपर्ने लगायतका सुझाव दिए ।
विश्व बैंकले नेपालको गरीबी निवारणमा रेमिटेन्सको योगदान महत्वपूर्ण रहेको बताए ।


क्लिकमान्डु