माछापुच्छ्रे बैंकको हकप्रद सेयरको बुक क्लोज जेठ १६ गते



काठमाडौं । माछापुच्छ्रे बैंकले हकप्रद सेयरका लागि आगामी जेठ १६ गते बुक क्लोज गर्ने भएको छ ।

बैंकले हालको चुक्ता पूँजीको १२ प्रतिशत अर्थात् सय कित्ता बराबर १२ कित्ताको दरले ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

साविक सेयरधनीहरुका अलावा जेठ १५ गतेसम्म बैंकको सेयर खरिद गर्नेले समेत हकप्रदमा आवेदन दिन पाउँनेछन् । यद्यपि सेयर खरिद गरेको ७ दिनभित्र सेयर डिम्याट खातामा भने आइसक्नुपर्नेछ ।

१२ प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैंयाँ पुग्नेछ । राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले थप ८.३० प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


पुष्प दुलाल