बिरगन्ज र बिराटनगर अब महानगर



काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन हुन तीन साता बाँकी रहदा बिरगन्ज र बिराटनगरलाई उपमहानगरबाट स्तरउन्नती गर्दै महानगरपालिका बनाएको छ ।

नेपालको आर्थिक राजधानी विरगन्ज र पुरानो सहर बिराटनगरलाई महानगरपालिका बनाउने निर्णय सरकारले गर्न लागेको हो । बिरगन्ज र बिराटनगर महानगरपालिका भएपछि नेपालमा महानगरपालिको संख्या ६ पुग्ने छ ।

उपप्रधान एव्म स्थानीय विकासमन्त्री विजय गच्छेदारको संयोजकत्वमा गठन भएको समितिल बिरगन्ज र बिराटनगरलाई महानगर बनाउने निर्णय गरेको हो । मन्त्रीपरिषद्को अहिले जारी बैठकले त्यसलाई अनुमोदन गर्ने छ ।

यसबाहेक गच्छेदारको समितिले तराई मधेशमा स्थानीय तहपनि थपेको छ ।


क्लिकमान्डु