नासा जोन एजुकेशनल शैक्षिक मेला गर्ने



बिर्तामोड । बिर्तामोडको नासा जोन एजुकेशन फाउण्डेशनले विश्व बजारमा उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । असारको पहिलो साता बिर्तामोडमा आयोजना गर्न लागिएको मेलामा भारतका उत्कृष्टमध्येका कलेजको सहभागिता रहने छ ।

नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विश्वका विभिन्न मुलुकमा जाने क्रम बढिरहेको अवस्थामा कम लागतमा उत्कृष्ट शिक्षा प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको नासा जोनका सञ्चालक दिलिप पौडेलले बताए । उनका अनुसार विश्वमै नाम चलेका भारतका कलेजमा विद्यार्थी पठाउन लागिएको हो ।

नेपाली विद्यार्थीको रोजाइमा रहेको विषयमा अध्ययन गर्न सहज वातावरण भएका कलेजलाई आफ्नो कन्सल्टेन्सीले सहजीकरण गर्ने पौडेलले बताए । नेपालका कलेजमा भौतिक पूर्वाधारको कमी भएको भन्दै नेपाली विद्यार्थी विदेशिने क्रम बढिरहेको छ ।

विद्यार्थी आफैँले कस्तो कलेज राम्रो भन्ने पहिचान गर्न नसक्दा अध्ययन प्रभावित हुने गरेको भन्दै विद्यार्थीको रोजाई अनुसारको कलेजमा अध्ययन गर्ने वातावरण मिलाउन नासा जोन प्रतिवद्व रहेको उनले बताए ।

युरोप, अमेरिका लगायतका स्थानमा अध्ययनका लागि गएका विद्यार्थीले अध्ययनसँगै काम पनि गर्नुपर्ने भएकाले बिचैमा पढाई छोड्नुपर्ने बाध्यता रहन्छ । तर, भारतका कलेजमा पढाईमा मात्र ध्यान जाने भएकाले उनीहरुले अध्ययन पूरा गरेरै आउने गरेको उनले बताए । शिक्षित समाज निर्माणका लागि पनि नासा जोनले अध्ययनका लागि विदेशिने मध्ये भारतलाई रोजेको उनले बताए ।

कतिपय कन्सल्टेन्सीले एसइइपछि नर्सिङ पढाउने भन्दै विद्यार्थीलाई लगेर डिएमएलटी अध्ययन गराउने गरेको भन्दै उनले एसइइ सकेका विद्यार्थीलाई त्यस्तो कुरामा नझुक्किन पौडेलले आग्रह गरे ।

एसइइ मात्र सकेकाले नर्सिङ अध्ययन गर्न नपाउने समेत उनले बताए । अहिले नेपाली विद्यार्थीहरु इञ्जिनियरीङ, नर्सिङ, मेडिकल, होटल म्यानेजमेन्ट लगायतका विषयमा अध्ययन गर्न चाहने भएकाले नासा जोनले पनि त्यही अनुसारका कलेजलाई प्रथमिकतामा राखेर सल्लाह, सुझाव दिने गरेको बताइएको छ । अध्ययनपछि रोजगारीको सुनिश्चितता गर्न पनि नासा जोनले पहल गर्ने बताइएको छ ।

अध्ययन सकेका विद्यार्थीलाई विश्वका रोजगारदाता कम्पनीले खोजीखोजी लाने समेत उनले बताए । विगत १२ वर्षदेखि नासा जोनले भारतमा विद्यार्थी अध्ययनका लागि पठाउँदै आएको छ । हालसम्म ७ हजारभन्दा बढी विद्यार्थी नासा जोनमार्फत भारतमा अध्ययन गरिरहेका छन् ।


पुष्प दुलाल