नयाँ कार्यक्रम नराखेर पूर्ण आकारको बजेट आउँछ : अर्थमन्त्री महरा



काठमाडौं । उपप्रधान एव्म अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ कार्यक्रम नभएपनि सरकारले जेठ १५ मा पूर्ण आकारको बजेट ल्याउने बताए ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)सँग बजेटको सुझाव लिदै अर्थमन्त्री महराले संविधान अनुसार गर्नुपर्ने काम बाहेक अन्य नयाँ विषय बजेटमा नसमेटिने बताए ।

‘राष्ट्रिय गौरवका आयोजनामा बजेट बिनियोजन गर्नुपर्ने हुन्छ,’ उनले भने,‘ स्थानीय तहको लागि पनि बजेट बिनियोजन गर्नुपर्ने हुन्छ।’

उनले सरकारले बजेटमा नयाँ कार्यक्रम केहीपनि नराख्ने र यसमा ढुक्क हुन आग्रह गरे ।

अर्थसचिव शान्तराज सुवेदीले संविधानमा जेठ १५ मा बजेट ल्याउन भनेको हुँदा सो अनुसारको तयारी आफुहरुले गरेको बताए ।

सेजनका अध्यक्ष गोकर्ण अवस्थीले बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव दिएका थिए ।


क्लिकमान्डु