सिद्धार्थ बैंकको ३० प्रतिशत हकप्रदको बुक क्लोज जेष्ठ १६ गते




काठमाडौं । सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद सेयरका लागि आगामी जेठ १६ गते बुक क्लोज मिति घोषणा गरको छ । यसको मतलब ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न जेठ १५ गतेसम्म सेयर खरिद गरिसक्नुपर्ने भएको छ ।

बैंकले १०० रुपैंयाँ फेस भ्याल्युको दरमा हालको चुक्ता पूँजीको ३० प्रतिशतको हिसाबले १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ कित्ता हकप्रद सेयर बिक्रि गर्न लागेको हो ।

लक्ष्मी क्यापिटलले हकप्रद ब्यवस्थापन गर्ने भएको छ ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ९५ करोड ७० लाख रुपैंयाँ खुद नाफा गरको छ । हाल ५ अर्ब २५ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको बैंकको ३० प्रतिशत हकप्रद पछि चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैंयाँ पुग्नेछ ।

राष्ट्र बैंकले तोके बमोजिम ८ अर्ब रुपैंयाँ चुक्ता पूँजी पुर्याउन बैंकले थप १८ प्रतिशत हाराहारीले पूँजी बढाउनु पर्नेछ ।


पुष्प दुलाल