विश्व स्वास्थ्य सङ्गठनको ठूलो रकम यातायात खर्चमा



बेलायत। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मा पछिल्लो समय विश्वका विभिन्न मुलुकमा देखिने स्वास्थ्य सङ्कटमा सघाउन मनग्य बजेट अभाव भइरहेको सन्दर्भमा सो संस्थाद्वारा वार्षिक रुपमा निकै ठूलो धनराशि भ्रमणमा खर्च हुने गरेको थाहा हुन आएको छ ।
डब्लूएचओले वार्षिक रुपमा दुई अर्ब अमेरिकी डलर आफ्ना प्रतिनिधिलाई विभिन्न देशमा काम पठाउँदा खर्च हुने गरेको र यो रकम विश्वमा केही जटिल स्वास्थ्य समस्यामध्ये एड्स, क्षयरोग वा मलेरियाका लागि खर्चिने रकमको तुलनामा धेरै नै ठूलो राशि हो ।
विश्व समुदायसँग स्वास्थ्य सङ्कटलाई टार्न थप धनराशिको माग गरिरहेको राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले आफ्नै यातायात खर्चलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको यस विषयमा एपीले प्राप्त गरेको कागजातमा जनाइएको छ ।
गत वर्ष डब्लूएचओले एड्स र हेपाटाइटिस नियन्त्रण प्रयासमा क्रमश ७१ करोड अमेरिकी डलर र ६१ करोड अमेरिकी डलर, मलेरिया र क्षयरोग नियन्त्रण प्रयासमा ५९ करोड अमेरिकी डलर खर्च गरेको थियो । गत वर्ष उक्त संस्थाले केही स्वास्थ्य कार्यक्रमलाई वैकल्पिक बजेटको जोहो गर्न बाध्य रहेको थियो । रासस/एपी


क्लिकमान्डु