किसान लघुवित्तद्वारा यूकेएड सक्षमको सहायतामा जुम्लामा शाखाको स्थापना



काठमाडौं । किसान लघुवित्तले यूकेएडद्वारा वित्त पोषित सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहयोगमा जुम्लाको नाराकोटमा सफलतापूर्वक नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक उपेन्द्र पौडेलले गरे ।

‘सक्षमकिसान ग्रामीण लघुवित्त परियोजना’ अन्तर्गत यस शाखाले ग्रामीण समुदायहरूलाई बचत, कर्जा, विप्रेषण सेवा, बिमा र वित्तीय साक्षरतापहुँचलगायतकाविभिन्न लघुवित्त सेवाहरू प्रदान गर्नेछ जसले उक्त समुदायहरूको जीविकोपार्जनमा सुधार ल्याउने, आयस्तरमा वृद्धि गर्ने र गरिबीन्यूनीकरण गर्ने कार्य गर्नेछ ।

उद्घाटन समारोहमा बौल्दै किसान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले शाखामार्फत ११ सय नयाँ ग्राहक थप्ने बताए ।

ग्रामीण जनसंख्यालाई छिटो र सजिलो वित्तीय सेवाहरूप्रदानगर्नको लागिप्रविधिको प्रयोग माथि प्रकाशपार्दै, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्द खनालले सक्षमले किसान लघुवित्तलाई आफ्नो मुख्य बैकिङ प्रणालीको हिस्साको रुपमा मोबाइल प्रविधिलाई अगाडि बढाउने बताए ।

सक्षमका प्रमुख बलजित भोहराले लघुवित्त क्षेत्रमा वितरण प्रणालीहरूमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताए ।


क्लिकमान्डु