प्राइम कर्मशियल बैक र एशियन लाईफ ईन्स्योरेन्सबीच बैकासुरेन्स सेवा



काठमाडौं । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले प्राइम कर्मशियल बैक र एशियन लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैकासुरेन्स सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । सो संझौतापत्रमा प्राइम कर्मशियल बैकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।

बैकासुरेन्सको माध्यमबाट बैकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्ने बताईएको छ । अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनीका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग प्राइम कर्मशियल बैंकका नेपालभरिका ५५ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइने कम्पनीले जनाएको छ ।

एशियन लाईफ ईन्स्योरेन्सको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७३ चैत्र समान्तसम्म यस कम्पनीको जीवन बीमाकोष ९४२ करोड रुपैयाँ, लगानी ९०६ करोड रुपैयाँ तथा चुक्ता पुँजी ८०.५५ करोड रुपैयाँ रहेको जनाएको छ ।


क्लिकमान्डु