अर्थतन्त्रको मेरुदण्ड धरमरमा परेकै हो ?




काठमाडौं । चैत मसान्तसम्ममा विदेशमा बस्ने नेपालीले नेपालमा ५ खर्ब ११ अर्ब रुपैयाँ रेमिटेन्स मार्फत् पठाएका छन् ।

९ महिनामा ५ खर्ब ११ अर्बको रेमिटेन्स आउँदा पनि यसको बृद्धिदर भने अघिल्लो वर्ष जस्तो छैन । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष रेमिटेन्सको बृद्धिदर ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको भन्दा बृद्धिदर भने घटेको छ ।

अघिल्लो वर्ष चैत मसान्तसम्ममा ४ खर्ब ८१ अर्ब रुपैयाँको रेमिटेन्स आएको थियो ।

थापाले भनेजस्तो नेपालमा पछिल्लो समय भूकम्पपछिको पुननिर्माणको लागि निर्माण क्षेत्रमा भने श्रमिकको अभाव छ । खाडी तथा मलेसियामा निर्माण क्षेत्रमा काम गर्न जानेभन्दा यही काम गर्नेलाई भने अहिले राम्रो अवसर छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा अघिल्लो वर्षको भन्दा बृद्धिदर कम भएपनि रकम प्रवाह बढी भएको हुँदा आत्तिनुपर्ने अवस्था नआएको बताउँछन् ।

‘रेमिटेन्स रकम अत्याधिक बढी भएपछि बृद्धिदर घटनु स्वभाविक हो, रकम नघट्दासम्म आत्तिनुपर्ने अवस्था छैन,’ थापा भन्छन् ।

नेपालको अर्थतन्त्र रेमिटेन्समा निर्भर रहेको हुँदा आयात अनुसारको रेमिटेन्स बृद्धिदर नहुँदा भने अर्थतन्त्रमा समस्या देखिने गर्छ । अघिल्लो वर्ष नाकाबन्दी भएको कारण आयात भएको थिएन । यसको प्रभाव यो वर्ष देखिएको छ । यो वर्ष चैत मसान्तसम्ममा ७ खर्ब २६ अर्ब रुपैयाँको आयात भएको छ । निर्यात व्यापार भने ५५ अर्ब २२ करोडको मात्र छ । यो वर्ष चैत मसान्तसम्म ६ खर्ब ७१ अर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल फ्रि भिसा फ्रि टिकट र खाडी देशमा अर्थतन्त्रमा आएको शिथिलताको कारण रेमिटेन्सको बृद्धिदर घटेको बताउँछन् ।

बढ्दो आयातको कारण चालु खाता नकरात्मक भएपनि शोधानान्तरलाई बचतमा पुर्याउनको लागि रेमिटेन्सको योगदान रहेको छ । विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा बलियो स्रोतको रुपमा रहेको रेमिटेन्समा चालु आर्थिक वर्षको सुरुवातदेखि नै धक्का महसुस हुन थालेको थियो ।

केहीमात्र फ्रि भिसा र फ्रि टिकटको असर बैदेशिक रोजगारीको प्रमुख आकर्षण मुलुकमा रहेका खाडी देशहरुमा पर्यो । बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा स्वभाविक रुपले रेमिटेन्सको बृद्धिदरमा असर परेको हो ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल फ्रि भिसा फ्रि टिकट र खाडी देशमा अर्थतन्त्रमा आएको शिथिलताको कारण रेमिटेन्सको बृद्धिदर घटेको बताउँछन् ।

‘फ्रि भिसा र फ्रि टिकटको प्रभाव बैदेशिक रोजगारीमा परेको छ, कामका लागि विदेश जानेको संख्या अघिल्ला वर्षमा जति नभएपछि रेमिटेन्सबृद्धिदर घटेको हो, यसमा सरोकारवालाले चासो दिएका छैनन्,’ ढकालको भनाइ छ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार ८ सय १४ जना नेपाली बैदेशिक रोजगारीको लागि विदेश गएका थिए ।

यस्तै २०७१/७२ मा ५ लाख १२ हजार ८ सय १७ जना नेपाली विदेश गएका थिए । २०७२/७३ मा ४ लाख १८ हजार ७ सय ३१ जना गएका थिए । यो वर्षपनि विदेशमा जानेहरुको संख्या बढेको छैन ।

राष्ट्र बैंकको अुनसन्धान विभागका प्रमुख थापा भने बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि त्यहाँबाट आउने रेमिटेन्स नघटेको हुँदा अर्थतन्त्रमा अहिले तत्काल केहीपनि प्रभाव नपर्ने बताउँछन् ।

‘२० वर्षपछि नेपालमा स्थानीय निर्वाचन भएको छ, भूकम्पपछिको पुननिर्माणको काम अगाडि बढेको छ, केही अवसरहरु नेपालमै पाइन थालेको हुँदा विदेश जानेहरु केही घटेका हुन्, तर, विदेशमा बस्नेले अघिल्लो वर्षको भन्दा बढी नै रकम पठाएको हुँदा अर्थतन्त्रको लागि आत्तिनुपर्ने अवस्था छैन,’ थापाको भनाइ छ ।

थापाले भनेजस्तो नेपालमा पछिल्लो समय भूकम्पपछिको पुननिर्माणको लागि निर्माण क्षेत्रमा भने श्रमिकको अभाव छ । खाडी तथा मलेसियामा निर्माण क्षेत्रमा काम गर्न जानेभन्दा यही काम गर्नेलाई भने अहिले राम्रो अवसर छ ।

यद्यपि निर्यात नहुँने तथा पुननिर्माणदेखि ठूला पूर्वाधारको लागि अत्याधिक आयात हुने हुँदा रेमिटेन्सको बृद्धिदर बढ्न छाडेमा भने यसको असर शोधानान्तरमा पर्ने छ ।