नेपाल स्टक एक्सचेञ्जको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त



काठमाडौं । सरकारले रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा लक्ष्मण न्यौपानेलाई नियुक्ति गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदले न्यौपानेलाई नेप्सेको अध्यक्ष नियुक्तिको निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष न्यौपानेले शुक्रबार अर्थमन्त्रालय पुगेर नियुक्तिको आधिकारिक पत्र लिइसकेका छन् । उनी आइतबारदेखि नेप्से जानेछन् ।

अमेरिकाबाट एमबीए अध्ययन गरेका न्यौपानेलाई मौद्रिक अर्थशास्त्रको जानकार व्यक्तिका रुपमा हेरिन्छ । यसअघि उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक भएर काम गरिसकेका छन् ।

दाङ घर भएका न्यौपाने हाल शशक्तिकरण तथा विकास केन्द्र नामक गैरसरकारी संस्थामा कार्यरत थिए ।

नेप्सेका अध्यक्ष रामजी रेग्मीलाई केही समयअघि सरकारले राष्ट्र बैंकको सञ्चालक नियुक्त गरेको थियो । रेग्मी राष्ट्र बैंकको सञ्चालक भएपछि नेप्सेमा अध्यक्षको पद रिक्त थियो ।


पुष्प दुलाल