बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा कार्की



काठमाडौं । लामो समयदेखि रिक्त रहेको बीमा समितिको कार्यकारी निर्देशक पदमा निमित्त तोकिएको छ । जेठ १ गतेदेखि लागू हुने गरी समितिका निर्देशक श्रीमान कार्कीलाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाँईले कार्कीलाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन् । समितिको संचालक समितिले निर्णय गरेपछि कार्कीलाई कार्यकारी निर्देशकमा बढुवा गरिनेछ ।

समितिका तत्कालिन कार्यकारी निर्देशक बिनोद अर्याललाई अदालतले दोषी ठहर गरेपछि लामो समयदेखि कार्यकारी निर्देशक पद रिक्त थियो ।


क्लिकमान्डु