नेको इन्स्योरेन्सको सेयर लिलामी आजदेखि




काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आज (जेठ ५) बाट हकप्रदमा नबिकेका सर्वसाधारण र प्रमोटर सेयर लिलामी गर्ने भएको छ ।

कम्पनीले ८६ हजार ७ सय २९ कित्ता सर्वसाधारण समुहको र ६ हजार १ सय ६३ कित्ता प्रमोटर समुहको सेयर बिक्रि गर्न लागेको हो । कम्पनीले गत फागुनमा १ः१ अनुपातमा हकप्रद जारी गरको थियो ।

लिलामी जेठ ११ गते बन्द हुनेछ ।

इच्छुक लगानीकर्ताले एनएमबी क्यापिटल नक्सालमा गएर आवेदन दिन सक्नेछन् ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १२ करोड ८८ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । १०० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ८० लाख रुपैंयाँ पुग्नेछ । बीमा समितिले तोकेबमोजिम १ अर्ब रुपैंयाँ पुँजी पुर्याउन कम्पनीले थप ५५ प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


क्लिकमान्डु