सेनाको कपाल काट्न ५७ करोड २५ लाख




काठमाडौं । नेपाली सेनाको कपाल काट्न बार्षिक कति रुपैयाँ खर्च हुन्छ होला ? सामान्यतः केही लाख रुपैयाँ लाग्छ भन्ने अनुमान गरिन्छ ।

तर सेनाको कपाल काट्ने प्रयोजनको लागि राज्यकोषको ठूलो परिमाणमा रकम खर्च हुँदैछ । अर्थमन्त्रालयले गत चैत महिनामा नै सेनाको कपाल काट्ने प्रयोजनको लागि ५७ करोड २५ लाख रुपैयाँ दिएको छ ।

अर्थमन्त्रालयले अर्काे शिर्षकको बजेटबाट रकमान्तर गरेर सेनालाई कपाल काट्नेलगायतको प्रयोजनको लागि रकम दिएको हो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार भैपरी आउने साधारण प्रशासन शिर्षकको बजेटबाट रकमान्तर गरी ५७ करोड २५ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यसरी सेनालाई रकम उपलब्ध गराउने असोज २० गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।

सेनालाई हेयर कटिङ्ग, वासिङ्ग, किट मेन्टिनेन्स लगायतका नपुग हुने शिर्षकहरुमा खर्च गर्न पाउने गरी यस्तो रकम उपलब्ध गराइएको हो ।

नेपाली सेना आबद्ध सबै तहका ब्यक्तिहरुको कपाल काट्ने ब्यवस्था सेनाले नै गर्ने गरेको छ । सेनाले कपाल काट्ने प्रयोजनको लागि छुट्टै कर्मचारी भर्ना गर्छ भने सेनाले कपाल काट्ने ठाउमा कपाल काट्दा सम्बन्धित ब्यक्तिले केही रकम पनि दिने गरेका हुन्छन् ।


क्लिकमान्डु