कुन पार्टीबाट कति जनाले जिते वडा-अध्यक्ष



काठमाडौं । बैशाख ३१ गते भएको स्थानिय निर्वाचनको मतपरिणाम आउने क्रम बढेको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार वडा अध्यक्षमा सबैभन्दा धेरै नेकपा एमालेले जितेको छ । उसले १५० वडामा बिजय पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले अहिलेसम्म १२४ वडामा बिजय पाएको छ भने तेस्रो रहेको माओवादी केन्द्रले ९८ वडामा बिजय पाएको छ ।

त्यसैगरी नयाँ शक्ती पार्टीले ४ र राप्रपाले ३ वटा वडामा बिजय पाएका छन् । स्वतन्त्र उमेद्वारले १५ वटामा बिजय भएका छन् ।


क्लिकमान्डु