सिभिल बैंकका अध्यक्ष बोगटीले सुरु गरे कार्यभार




काठमाडौं । सिभिल बैंकको अध्यक्ष अम्बिर बोगटीले कार्यभार सुरु गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरी उनले कार्यभार सुरु गरेका हुन् ।

ब्यवस्थापिका संसदबाट हालै पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनमा बैंक संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष सपथग्रहण गर्नुपर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार नवनिर्वाचित अध्यक्ष बोगटीले सपथ ग्रहण गरेका हुन् ।

उनी बैंकको स्थापनाकालदेखि नै बैंक संचालक समिति सदस्य थिए । यसैगरी रिक्त संचालकपदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हाल्ने बैंकले जानकारी दिएको छ ।

बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढी भन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने कुरा बैंकका नवनियूक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । बैंकले जेठ ४ गते छैठौं बार्षिक साधारणसभाको आयोजना गर्दैछ ।


क्लिकमान्डु