मतगणना सुरु गर्न माग राख्दै भरतपुरमा नारावाजी



चितवन । चितवनको भरतपुर महानगरपालिकाको मत गणना सुरु नभएकाले स्थानीयको धैरेयता टुटेको छ । मतगणनाको माग राख्दै स्थानीयद्वारा नाराबाजी गरेका हुन् ।

भरतपुरमा नेकपा माओवादी (केन्द्र) र नेपाली काँग्रसको संयक्त गठबन्धनमा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दहाल र नेकपा एमालेका देवी ज्ञवाली मेयरका उम्मेदवार छन् । माओवादीसँग तालमेलका कारण काँग्रेसले मेयरमा उम्मेदवार उठाएको छैन । काँग्रेसले मेयर नउठाएका कारण काँग्रेसलाई खसेको मत माओवादीले दाबी गरेपछि मतगणना हुन नसकेको हो ।


पुष्प दुलाल