अहिलेसम्म ४२ प्रतिशत मतदान : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले साढे १० बजेसम्म २० देखि ४२ प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मत खसेको छ । यस्तै स्याङ्जा र मुगुमा ३० प्रतिशत,कास्की र बागलुङमा ३५ प्रतिशत मत खसेको छ ।

रुकुममा २५ प्रतिशत खसेको छ । आयोगले अहिलेसम्म मतदान शान्तिपूर्ण भएको जनाएको छ ।


क्लिकमान्डु