काठमाडौं महानगरको मेयर उमेद्वारहरु मतदान गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरुले विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका छन् ।

एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले लगनचोकस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शनाले शितल निवास मतदान वडानम्बर ३ स्थित मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले जनप्रभात स्कुल कालिमाटीमा मतदान गर्दैछन् ।

साझा पार्टीका मेयरका उम्मेदवार किशोर थापाले परीक्षा नियन्त्रण कार्यालय बल्खु केन्द्रबाट मतदान गर्ने छन् ।


क्लिकमान्डु