राप्रपा अध्यक्ष थापाद्वारा मतदान




हेटौंडा । राष्ट्यि प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बाल ज्योति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

बिहान ७ बजेर ४० मिनेट जाँदा थापाले मतदान गरेका थिए। मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नयाँ संविधानले संरचना गरेको स्थानीय तहको निर्वाचनमा आफूले पनि २० वर्षपछि मतदान गर्न पाएकामा हर्ष व्यक्त गर्दै मतदाताले पनि राष्ट्रको स्थायी शान्ति र प्रजातन्त्र सुदृढीकरणका लागि मतदानमा भाग लिनुपर्ने धारणा राखेका थिए ।

यसैबीच गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका वडा नं १८ दोभानचौरमा रहेको कमला निम्नमाध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।


क्लिकमान्डु