प्रधामन्त्री प्रचण्डले मत हाले



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको लागि मत हालेका छन् ।

भरतपुर महानगरपालिकाका मतदाता रहेका प्रचण्डले लक्ष्मी माध्यमिक विद्यालयमा मत हालेका हुन् । मतदान केन्द्रमा प्रधानमन्त्री दाहालले सुरुमै मतदान गरेका थिए ।

प्रधानमन्त्री दाहाल मत हाल्न परिवारका सदस्य सहित मतदानस्थल पुगेका थिए । भरतपुर महानगरपालिकामा प्रधानमन्त्री दाहालकी छोरी रेणु दाहाल उम्मेद्वार छन् । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

मतदान गरेपछि प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन ऐतिहासिक भएको हुँदा सबैलाई निर्वाचनमा सहभागी हुन अनुरोध गरे । पत्रकारहरुले के मा मत हाल्नु भएको भन्ने प्रश्नमा त्यो महत्वपूर्ण कुरा नभएको भन्दै निर्वाचनमा दलहरुबीच तालमेल हुने बताए ।


क्लिकमान्डु