स्थानीय तहको निर्वाचन सुरु



काठमाडौं । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचन सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जनाएको छ ।

३,४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा २ सय ८१ वटा स्थानीय तहमा आफ्ना प्रतिनिधी आज छान्नेछन् । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उत्साह मतदातामा देखिन्छ । बिहानदेखिनै मतदाताहरु मत हाल्नको लागि मतदानस्थलमा लाइन लागेका छन् ।

मतदान गर्न जादै हुनुहुन्छ भने मतदाता परिचय पत्र लिएर जानुहोला । मतदाता परिचयपत्र नभएमा सरकारी अन्य परिचयपत्र जस्तो नागरिता,पासपोर्ट भएपनि निर्वाचनमा मत हाल्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्न जाँदा मोबाइलजस्ता बस्तु भने लिएर नजानुहोला । निर्वाचन आयोगले मतहाल्न जाँदा मोबाइल लिएर जान प्रतिबन्ध लगाएको छ । तपाईहरुको क्षेत्रमा आज निर्वाचन हुन लागेको छ र तपाई मतदाता हुनुहुन्छ भने तपाई मत हाल्न जानुहोस् ।

तपाईले गर्ने मतदानले स्थानीय तहको जनप्रतिनिधी छान्ने छन् । त्यसैले मत हाल्नुहोस् ।


क्लिकमान्डु