निर्वाचन सफल बनाउन राष्ट्रपतिको अपिल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आह्वान गरेका थिए ।

राष्ट्रपति भण्डारीले शनिबार मतदाताको नाममा सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा भनिएका छ , ‘देश नयाँ संरचनामा गएको परिप्रेक्ष्यमा यो निर्वाचन नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र सम्पन्न हुनु पर्ने भनी अंगिकार गरेको तीन तहको निर्वाचनको पहिलो खुड्किलो भएकाले यसको आफ्नै महत्व छ । यो निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न गराई स्थायित्व र आर्थिक सम्वृद्धिको ढोका खोल्ने छ भन्ने मलाई विश्वास छ ।’

राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथज सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई अपिल गरेकी छन् ।


क्लिकमान्डु