एफपिओ ल्याउन लागेको शिखर इन्स्सुरेन्सको चैतसम्मको नाफा २६ करोड



काठमाडौं । थप सार्वजनिक निष्कासन(एफपिओ) ल्याउन लागेको शिखर इन्स्सुरेन्सले चैत मसान्तसम्ममा २६ करोड ६३ लाख खुद नाफा गरेको छ । कम्पनीले प्रकाशित गरेको अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा नाफा ६ करोडले बढेको छ ।

निर्जीवन बिमा कम्पनीमा सबैभन्दा बढी ८१ करोड चुक्ता पुँजी रहेको शिखरले ९ महिनामा २ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको ९ महिनामा यस्तो बीमा शुक्क आर्जन एक अर्ब २८ करोड थियो ।

चैत मसान्तसम्ममा कम्पनीबाट जारी बीमा लेखको संख्या २ लाख ९ हजार पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या एक लाख ५९ हजार थियो । कम्पनीको प्रति सेयर आम्दानी ४४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु