चुनाबका दिन पनि काठमाडौं उपत्यकामा पर्यटन बोर्डले गाडी चलाउने



काठमाडौं । निर्वाचनका दिन पनि पर्यटकहरुको आवागमनलाई सहज बनाउन नेपाल पर्यटन बोर्डले काठमाडौं उपत्यकामा सवारी साधन चलाउने भएको छ ।

विश्वका विभिन्न देशबाट नेपाल भम्रण आउने तथा फर्कन चाहने पर्यटकका लागि निर्वाचन ३ वटा रुटमा सवारी चलाउने बोर्डका प्रवक्ता सरद प्रधानले जानकारी दिए ।

प्रवक्ता प्रधानका अनुसार बोर्डले चुनावका दिन पनि उपत्यकामा गाडी चलाउन निर्वाचन आयोगकबाट अनुमति लिइसकेको छ ।

‘चुनावका दिन सार्वजनिक तथा निजी बस नचल्ने हुँदा पर्यटकलाई पर्ने जाने असुविधालाई मध्यनजर राख्दै केही सवारीसाधन सञ्चालन गर्न लागेका हौं,’ उनले भने ।

बोर्डले निर्वाचनका दिन सम्पूर्ण पर्यटक बसहरुलाई निर्वाचन आयोगबाट पास लिएर सहज आवत जावतको व्यवस्था गर्ने समेत अनुरोध गरेको छ ।

तर, पर्यटक बोक्न लिएको पास मिस्युज गरेको अवस्थामा भने कारबाही हुने बोर्डले जनाएको छ ।

बोर्डले एयरपोर्ट–एनएससी­ न्युरोड ­होटल­ अन्नपूर्ण होटल-याक एण्ड यति ­ठमेल चोक ­लैनचोर ­चौक ­होटल शंकरहुँदै एयरपोर्टसम्मका लागि एक नम्बर रुटमा राखेको छ ।

त्यसैगरी, एयरपोर्ट–होटल साँग्रिला­ नारायन गोपाल चोक­ महाराजगञ्ज चोक­ह्यात रिजेन्सी ­चावाहिल चोक ­होटल द्धारिकाहुँदै पुन एयरपोर्टसम्म फर्कनका लािग दुई नम्बर रुट निर्धारण गरेको छ ।

यसैगरी एयरपोर्ट-तिनकुने-होटल एभरेष्ट-माइतीघर-होटल हिमालय-सेन्ट जेभियर्स स्कुल-होटल सोल्टी ग्राण्ड हुँदै एयरपोर्टसम्मजानका लागि तीन नम्बर रुट कायम गरेको छ ।

यी रुटमा पर्यटक प्रहरीको सहयोगमा विहान ६ बजेदेखि सवारी चल्ने प्रवक्ता प्रधानले जानकारी दिए ।


पुष्प दुलाल