१३ बीमा कम्पनीले सार्बजनिक गरे नाफा, कसले कति कमाए ?




काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्बजनिक गरेका छन् । यसरी विवरण सार्बजनिक गर्नेहरुमा १० वटा निर्जीबन बीमा कम्पनी र ३ जीबन बीमा कम्पनी रहेका छन् ।

निर्जीबन बीमा ब्यवसाय गर्ने एनएलजी, नेको, युनाइटेड, एनबी, ओरियन्टल, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, नेपाल, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्बजनिक गरेका हुन् । यस्तै जीबन बीमा ब्यवसाय गर्ने नेपाल लाइफ, सुर्या लाइफ र प्राइम लाइफले वित्तीय विवरण सार्बजनिक गरेका छन् ।

वित्तीय विवरण सार्बजनिक गर्नेमध्ये एनएलजी इन्स्योरेन्स कम्पनीले १२ करोड ९७ लाख खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोही अबधिमा ११ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै नेको इन्स्योरेन्स कम्पनीले १२ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको छ । नेकोले गत बर्षको सोही अबधिमा ७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

निर्जीबन बीमा ब्यवसाय नै गर्ने अर्काे कम्पनी युनाइटेड इन्स्योरेन्सले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा युनाइटेडले २ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

एनबी इन्स्योरेन्स कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । एनबीले गत बर्षको सोही अबधिमा २ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै ओरियन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको सोही अबधिमा कम्पनीले १३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

सगरमाथा इन्स्योरेन्सले १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्ष कम्पनीले १० करोड ६५ लाख खुद नाफा गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्ष कम्पनीले ६ करोड ३७ लाख खुद नाफा गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्सले १४ करोड रुपैयाँ खुद नाफा गरेको छ । गतबर्ष कम्पनीले १२ करोड सात लाख खुद नाफा गरेको थियो ।

नेपाल इन्स्योरेन्सले ५ करोड आठ लाख रुपैयाँ खुद नाफा गरेको छ । गतबर्ष कम्पनीले २ करोड ७६ लाख खुद नाफा गरेको थियो ।

प्रुडेन्सियल ईन्स्योरेन्सले १३ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । प्रुडेन्सियलले गत बर्षको सोही अबधिसम्ममा १० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

जीवन बीमा ब्यवसाय गर्ने कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

जीबन बीमा ब्यवसाय नै गर्ने अर्काे कम्पनी सुर्या लाइफ इन्स्योरेन्सले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा सूर्याले ७९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

यस्तै अर्काे जीबन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्सले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अबधिमा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।


क्लिकमान्डु