चीनको महत्वाकांक्षी योजना ओबिओअारमा नेपाल पनि मिसियो




काठमाडौं । चीन सरकारले उच्च महत्वका साथ अगाडि बढाइरहेको वान बेल्ट वान रोड (ओबिओआर) मा नेपाल औपचारिक रुपमा सहभागी भएको छ ।

परराष्ट्र सचिब शंकरदास बैरागी र नेपालका लागि चिनिया राजदुत यु होङले आज (शुक्रबार) संयुक्त रुपमा हस्ताक्षर गरेपछि नेपाल औपचारिक रुपमा सहभागी भएको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए ।

सम्झौताको मुख्य आशय अर्थतन्त्र, वातावरण, प्रविधि र संस्कृति जस्ता बिषयमा दुबै देशले संयुक्त फाइदा लिने र त्यसको सम्बर्धन गर्ने रहेको परराष्ट्रमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समझदारी पत्रमा हस्ताक्षरले कनेक्टिभिटीमा सहजता, ब्यापारिक कलेक्टिभिटी, वित्तीय एकिकरण तथा जनस्तरको कनेक्टिभिटी कायम हुने विश्वास दुबै पक्षको छ ।

यस्तै समझदारी पत्रमा भएको हस्ताक्षरपछि यातायात क्षेत्रको कनेक्टिभिटी, लजिस्टिक प्रणाली, यातायात संजाल तथा अन्य सम्बन्धित पूर्वाधारहरुको विकास जस्तै रेवल वे, सडक, हवाई यातायात, पावर ग्रिड, सुचना तथा संचार जस्ता क्षेत्रको क्षमता अभिबृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यो समझदारीपछि जनस्तरमा विभिन्न प्रकारका सम्बन्धहरु पनि स्थापित हुने दुबै देशले विश्वास लिएका छन् ।


क्लिकमान्डु