संसारकै धनी वारेन बफेटले भारतबाट धेरै नाफा कमाए



काठमाडौं । संसारका सबैभन्दा ठूला लगानीकर्ता वारेन बफेटले आफ्नो कम्पनी बर्कसायर हाथवेका लागि सबैभन्दा बढी पैसा एक भारतीयले कमाएका छन् । बफेटले हालै सम्पन्न कम्पनीको बार्षिक साधारण सभामा यस्तो खुलासा गरेका हुन् ।

इन्स्योरन्सका बारे कुरा गर्दै बफेटले एक सेयरधनीको हैसियतमा कसैले पनि कम्पनीको लागि अजित जैनले जती पैसा नकमाएको दाबी गरे । अजित जैनलाई बफेटको सबैभन्दा नजिकका सहयोगी मध्येको एक मानिन्छ । उनी रिइन्स्योरेन्सका कार्यकारी हुन् । बफेटको उत्तराधिकारीका रुपमा पनि जैनको चर्चा हुने गर्छ ।

माइक्रोसफ्ट, गुगल जस्ता विश्वबिख्यात कम्पनीको पनि नेतृत्वमा हाल भारतीयहरु नै छन् । बिश्वकै सबैभन्दा धनी ब्यक्ति एवं माइक्रोसफ्टका कार्यकारीले पनि भारतीय मुलका सत्य नाडेलालाई आफ्नो उत्तराधिकारीको रुपमा अघि बढाएका थिए ।

‘जैनले सन् १९८० को दशकको बर्कशायरको एक सानो सहायक कम्पनीलाई अर्बौं डलरको कम्पनी बनाइदिए,’ बफेटले भने ।

बफेट सामान्यतः यती धेरै तारिफ कसैको पनि गर्दैनन् भन्ने चर्चा बर्कशायर भित्र हुने गरेको छ।
साधारणसभा पछिको पत्रकार सम्मेलनमा बफेटले अमेजोनका कार्यकारी जेफ बेजोसको पनि तारिफ गरेका छन् । बफेटले बेजोसले नै इ-कर्मस र क्लाउड सर्भिस खडा गरेको बताए ।

‘बेजोसले दुवै ब्यवसाय सफलता पूर्वक चलाइरहेका छन्,’ उनले भने । बर्कसायरले अमेजोनको पनि ठूलो संख्यामा सेयर किनेको छ ।

अमेजोनका जेफ बेजोस हाल फोब्र्समा बिश्वको तेस्रो धनी ब्यक्तिको रुपमा सूचिकृत छन् । उनीसँग ८० अर्ब डलर हाराहारी सम्पत्ति छ ।

बफेटले साधारण सभामा अहिले चर्चामा रहेको चालक बिहिन गाडीका बारे पनि चर्चा गरेका छन् । चालक बिहिन गाडी दुनिंयाँको सुरक्षाको लागि निकै राम्रो हुने तर, इन्स्योरेन्स ब्यवसायको लागि भने ठूलो खतरा हुन सक्ने उनले बताए ।

बर्कसायरले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.०६ अर्ब डलर खुद नाफा कमाएको छ । अघिल्लो बर्षको पहिलो त्रैमासमा कम्पनीले ५.५९ अर्ब डलर कमाएको थियो ।


पुष्प दुलाल