कुलमान घिसिङका ४ कमजोरी



काठमाडौं । लोडसेडिङ अत्त्य गरेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूलो लोकप्रियता कमाएका छन् ।

के अँध्यारोबाट उज्यालोको युगमा प्रवेस गराउने कुलमानका सबल पक्षमात्रै छन् त ? घिसिङका कमजोरीहरु के के हुन् भनेर जानकारी दिने उद्देश्यले यो आलेख तयार पारिएको हो ।

नेपाल विद्युत प्राधिकरणलाई राम्रोसँग बुझेका र अत्यन्तै उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका व्यक्तिलाई कुलमानका कमजोरी के के हुन् भनेर बुझ्ने प्रयास गरेका छौं ।

अब तपाईंलाई लाग्न सक्छ, को होला त्यसरी कुलमानका कमजोरी देखाउने व्यक्ति ? समकालीन नेपालीहरुमध्ये निकै लोकप्रिय व्यक्ति कुलमानका कमजोरी देखाउने हिम्मन भएको त्यो मान्छे ? तपाईंका मनमा यो प्रश्न उब्जिनु स्वभाविक नै हो ।

कुलमानका कमजोरी देखाउने व्यक्ति अरु कोही होइन् स्वयं कुलमान नै हुन् । तपाईंका मूख्य कमजोरीहरु के के हुन् ? भन्ने क्लिकमाण्डूको प्रश्नमा कुलमानले यस्तो जवाफ दिए ।

यी हुन् ४ कमजोरी

१, म विश्वास गर्छु । आफ्ना सहयोगीहरु माथि म पूर्णरुपमा विश्वास गर्छु । विश्वास मेरो कमजोरी पनि हुन सक्छ । र, राम्रो पक्ष पनि हुनसक्छ । धेरै विश्वास गर्दा कहिलेकाहीँ ठूलो व्याक फायर पनि भएको छ । कहिलेकाहीँ लाग्छ अरुलाई विश्वास गर्नु नै मेरो ठूलो कमजोरी त होइन ?

२, बढी भावुक अर्थात् अलि बढी नै सेन्टिमेन्टल छु । कहिलेकाहीँ भावुक भएर निर्णय गर्दा पनि मलाई व्याकफायर भएको छ ।

३, आफ्ना लागि समय दिन्नः म कुनै काममा लागेपछि रातदिन नभनी खट्छु । अर्थात् आफ्नो लागि अत्यन्तै कम समय दिन्छु । परिवारलाई दिने समय त झन कम हुन्छ । यो पनि मेरो अर्को कमजोरी हो । यद्यपि अहिलेसम्म परिवारबाट सहयोग पाएकै छु ।

४, काममा लागेपछि म आफ्नो स्वास्थ्यको ख्याल गर्दिन । म व्रिलियन्ट भन्दा पनि बढी मिहेनती हुँ । वास्तवमै भन्नुपर्दा लोड म्यानेजमेन्टमा चाहिँ सफल भएँ । तर टाइम म्यानेजमेन्टमा चाहिँ असफल छुँ ।


पुष्प दुलाल