हिमालयन बैंकको नाफा १६ प्रतिशतले बढ्यो, मेगा बैंकको कति ?



काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोहि अबधिको भन्दा यो १६.३५ प्रतिशतले बढि हो । गत बर्ष बैंकले १ अर्ब ३१ करोड रुपैंयाँ खुद नाफा कमाएको थियो ।

बैंकले संचालन नाफा पनि गत बर्षको २ अर्ब ५ लाख रुपैंयाँबाट २ अर्ब ३९ करोड रुपैंयाँ पुर्याएको छ । बैंकको ब्याज आम्दानी पनि २ अर्ब ७७ करोड पुगेको छ । गत बर्ष ब्याज आम्दानी २ अर्ब ४४ करोड रुपैंयाँ थियो ।

बैंकले ९२ अर्ब ८९ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ७८ अर्ब ८ लाख रुपैंयाँ कर्जा परिचालन गरेको छ । गत बर्ष निक्षेप ८० अर्ब ८७ करोड र कर्जा ६५ अर्ब २८ करोड रुपैंयाँ थियो ।

बैंकले खराब कर्जामा ब्यापक सुधार ल्याइ २.९५ प्रतिशतबाट ०.९० प्रतिशतमा झरेको छ । ३०.९४ रुपैंयाँ प्रति सेयर आम्दानी भएको बैंकको मुल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ ।

हाल ६ अर्ब ६१ करोड रुपैंयाँ चुक्ता पूँजी रहेको बैंकले राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पूँजी पुर्याउन चालु आर्थिक बर्षको नाफाबाट २० प्रतिशत हाराहारी बोनस सेयर बाँड्नु पर्ने देखिन्छ ।

यसैगरी मेगा बैंकले पनि ६८ प्रतिशतले नाफा बढाएको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । गत बर्ष सोहि अबधिसम्म बैंकको नाफा ३२ करोड २८ लाख रुपैंयाँ थियो ।

बैंकले निक्षेप संकलन र कर्जा परिुचालनमा पनि क्रमशः ४७.५ प्रतिशत र ६० प्रतिशतले बृद्धि गरेको छ ।

बैंकले संचालन नाफ गत बर्षको ४५ करोड ९९ लाखबाट ८० करोड २९ लाख रुपैंयाँ पुगेको छ भने ब्याज आम्दानीमा पनि ५८ प्रतिशतले बढोत्तरी भएको छ ।
तेस्रो त्रैमाससम्म बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैंयाँ पुगेको छ भने जगेडाकोषमा १ अर्ब रुपैंयाँ छ । हाल १५.७८ रुपैंयाँ प्रतिसेयर आम्दानी रेहेको बैंकको मुल्य अम्दानी अनुपात २८.८३ गुणा छ ।


पुष्प दुलाल