पूर्वअर्थमन्त्री रामशरण महतका भतिजाको पानी उद्योगमा बम प्रहार, कार र बाइक ध्वस्त



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतका भतिजा रमेश महतको पानी उद्योगमा बम बस्फिोट भएको छ । सोमबार बिहान ५ बजे ४ वटा पेट्रोल बम प्रहार भएको महतले जानकारी दिए ।

महाराजगंज हुँदै बाँसबारीबाट बुढानिलकण्ठ जाँदा बाटोमा पर्ने स्पेसल चोक नजिक रहेको मिनरल वाटर प्लान्टमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेका हुन् ।

‘मास्क लगाएका ५ जना व्यक्तिहरु ४ वटा मोटरसाइकल चढेर आइ कार्यालयमा रहेका गार्ड कि श्रीमतीलाई नियन्त्रणमा लिएर पेट्रोल बम प्रहार गरे,’ महतले क्लिकमाण्डूसँग भने ।

पेट्रोल बमबाट पार्किङ गरेर राखिएका टोयाटो कोरोला कार, होण्डा साइन मोटरसाइकल र अफिस कोठा, फ्याक्स् मेसिन जलेर नस्ट भएको महतले बताए ।

नेपाली कांग्रेस नुवाकोटका पूर्वपार्टी सचिवसमेत रहेका महतले ०६१ देखि राजधानीको गोल्फुटारमा उनले शिवपुरी खानेपानी उद्योग सञ्चालन गर्दै आएका थिए । उद्योगमै उनले आफ्नो सम्पर्क कार्यालयसमेत राखेका थिए ।


पुष्प दुलाल